काठमाडौँ । करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । दुई चुल्ठी बाटेकी गीता भिडियोमा गज्जबसँग खुलेकी छिन् । देशप्रेम, ठूलालाई आर्शीवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ ।
गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिएका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गरेका हुन् । थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन सिलन लम्सालले गरेका हुन् ।
भिडियो ओएसआर डिजिटरबाट बजारमा आएको हो । गायिका तेजवती र संगीतकार टेकेन्द्रले यसअघि चुम्बक, हजार जुनीसहित चारवटा गीतमा सहकार्य गरेका थिए । गायिका जोशीले यसअघि उनले नेपाली र नेवारीमा पनि गीत ल्याएकी थिइन् ।
जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.टएीपम्त्तवहढँध
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved