Biratnagar, Morang, Nepal
शिक्षा

ओलि एण्ड एसोसिएट्स अन्तर कलेज हाजिरीजवाफ सिजन-२ सम्पन्न, अरनिको कलेज प्रथम

-
अखवारका कुरा
२८ माघ २०८२, बुधवार

Advertisement


विराटनगर । विराटनगरस्थित होटल स्वागतममा ‘ओलि एण्ड एसोसिएट्स’को मुख्य प्रायोजनमा आयोजित अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता सिजन–२ सम्पन्न भएको छ। लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा सम्पन्न प्रतियोगितामा नगरका ११ कलेजका १२ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
विभिन्न चरण पार गर्दै उत्कृष्ट ६ टोली अन्तिम चरणमा प्रवेश गरेका थिए। फाइनल चरणको प्रतिस्पर्धामा अरनिको कलेजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। अरनिको कलेजले नगद १६ हजार ६ सय ६० रुपैयाँसहित सिल्ड, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ।
त्यसैगरी अर्किड कलेजले द्वितीय स्थान प्राप्त गर्दै नगद ११ हजार ५ सय ५० रुपैयाँ तथा मेरील्याण्ड कलेजले तृतीय स्थान हासिल गरी नगद ५ हजार ५ सय ५० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। दुवै कलेजले सिल्ड, प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर समेत पाएका छन्। प्रतियोगितामा एभरेष्ट कलेज चौथो स्थानमा रहँदै प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्परबाट सम्मानित भएको छ।
लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष लियो पवनकुमार काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको तार्किक सोच, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा योगदान पुर्‍याउने उल्लेख गरे।
कार्यक्रम समापन गर्दै अध्यक्ष काफ्लेले आगामी दिनमा पनि शैक्षिक, बौद्धिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

View : 98

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved