Biratnagar, Morang, Nepal
अर्थ

विराटनगरका श्रीजलले टीभीएस स्कुटर किन्दा जिते एक लाख रुपैयाँ

-
अखवारका कुरा
२१ कार्तिक २०८३, शुक्रवार

Advertisement

 

विराटनगर, कात्तिक २०। पहिलोपटक स्कुटर खरिद गर्ने उत्साह, त्यसमाथि एक लाख रुपैयाँ उपहार! विराटनगर-७ सहिद मैदानका २३ वर्षीय श्रीजल घिमिरेका लागि यस वर्षको धनतेरस अविस्मरणीय बनेको छ।

बीबीएस अध्ययनरत घिमिरेले धनतेरसको अवसर पारेर विराटनगरको पिपल चोकस्थित टीभीएस शोरुमबाट पहिलोपटक स्कुटर खरिद गरेका हुन्। स्कुटर खरिद गर्ने क्रममा उनले टीभीएसको विशेष अफरअन्तर्गत एक लाख रुपैयाँ जितेका छन्।

जीवनकै पहिलो सवारीसाधन खरिद गर्दा नै एक लाख रुपैयाँ जितेपछि घिमिरेको खुसी दोब्बर बनेको छ। पहिलोपटक आफ्नै स्कुटर चढ्ने सपना पूरा हुनुका साथै आकर्षक नगद उपहारसमेत प्राप्त हुँदा आफू निकै उत्साहित भएको उनले बताए।

धनतेरसलाई नयाँ सामान तथा सवारीसाधन खरिदका लागि शुभ अवसर मानिन्छ। यही अवसरलाई लक्षित गर्दै टीभीएसले सञ्चालन गरेको विशेष योजनाले ग्राहकलाई स्कुटर तथा मोटरसाइकल खरिदसँगै आकर्षक नगद उपहार जित्ने अवसर प्रदान गरिरहेको छ।

श्रीजलको जितले टीभीएसको दशै तिहार अफरप्रति ग्राहकको आकर्षण थप बढाएको छ। नयाँ सवारीसाधन खरिद गर्ने सोचमा रहेका ग्राहकका लागि टीभीएसको यो योजना खरिदको खुसीसँगै उपहार जित्ने अवसर पनि बनेको छ।

View : 128

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved