कामठाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले दृष्टिविहीन नेपाली महिला क्रिकेट टिमलाई सम्मान गरेको छ ।
मंगलबार क्यानले एक कार्यक्रमको आयोजना गरी दृष्टिविहीन महिला क्रिकेट टिमलाई सम्मान तथा नेत्रहीन क्रिकेट संघलाई नगद दश लाख रुपैयाँ प्रदान गरेको हो ।
नेपाल दृष्टिविहीन महिला क्रिकेट टिम भारत एवम् श्रीलङ्कामा सम्पन्न पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप, २०२५ को उपविजेता रहेको थियो ।
View : 48
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved