विराटनगर
नेपाल चिकित्सक संघ काेशी शाखाले मंसिर २८ गते शुक्रबार विराटनगरकाे ईलिट क्लबकाे सभाहलमा चिकित्सकहरुलाई आत्महत्या राेकथाम सम्बन्धि १ दिने प्रशिक्षण तालिम सम्पन्न गरेका छन् ।
संघकाे साईन्टिफिक समितिका काेर्डिनेटर डा. पार्थ गुराईगाईकाे अध्यक्षतामा शुरु भएकाे साे प्रशिक्षण कार्यक्रममा बरिस्ठ मनाेराेग बिशेषज्ञहरु डा. रञ्जन थापा र डा. प्रभात चालिसेले प्रशिक्षण गराएका थिए । विराटनगर, ईनरुवा, रंगेली, उर्लाबारी, र दमकसम्मका ७० जना चिकित्सकहरु सहभागी भएकाे साे प्रशिक्षण कार्यक्रममा संघका सल्लाहकार डा. नारायण कुमार, डा. शंकर अधिकारी, पदाधिकारीहरु डा. शुनिल रेग्मी, डा. तेजेन्द्र कार्की, डा. अमर यादव, डा. प्रेक्षा दली, डा. रितेस कुमार सिंह र डा. राजाबाबु मण्डलकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन संघका महासचिव डा. बालकृष्ण साहले गरेका थिए । प्रशिक्षक द्वयलाई सम्मान गर्दै सम्पुर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष डा. राजेन्द्र चाैधरीले आउदाेदिनमा समय सापेक्ष प्रशिक्षण तथा अन्य कार्यक्रमहरु संघले अगाडि बढाउने लक्ष्य राखेकाे बताए ।
विश्वमा प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याकाे प्रयास गर्छन् । १५ देखि ३५ बर्ष उमेरका मानिसहरुकाे मृत्युुकाे दाेस्राे प्रमुख कारण आत्महत्या रहेकाे तथ्यांक प्रस्तुत गर्दै नेपालमा यसका घटना उच्च दरमा बढेकाे तथ्यांक प्रस्तुत गरेका थिए । हरेक मानिसलाई बाच्ने चाहना हुन्छन् । तर पनि १ हाेईन एकैपटक धेरैवटा कारण थपिएकाले आत्महत्या राेज्न बाध्य हुन्छन् । यस अवस्थामा पुगेका मानिसहरुले कुनै न कुनै संकेत दिई रहेका हुन्छन् भन्दै संकेतहरुका विषयमा अन्तक्रिया गराएर प्रशिक्षण गराईएकाे महासचिव डा. साहले बताए । साे संकेतलाई पहिचान गरेर त्यस्ता व्यक्तिहरुमा उनीहरुमा रहेकाे बाच्ने ईच्छालाई पुन: जगाउनका लागि सबै चिकित्सकहरुले केही समय दिनुपर्ने बताए । यस्ता व्यक्तिहरुलाई पन्छाउनका लागि संप्रेषण नगरेर जिम्मेवारीका साथ सम्प्रेषण गरे धेरै आत्महत्यालाई राेक्न सकिने प्रशिक्षकहरुले तर्क गरे ।
कार्यक्रमकाे समापनमा सहभागीका तर्फबाट बाेल्दै डा. शंकर अधिकारीले कार्यक्रमका लागि संघलाई धन्यवाद दिदै प्रशिक्षणले आफुहरु जस्तो पुराना चिकित्सकहरुले पनि केही नयाँ अपडेट भएको र नयाँ चिकित्सकहरुले पनि मार्गदर्शन भएकाे बताए । डा. अधिकारीले यस किसिमकाे प्रशिक्षण मासिक रुपमा नै अगाडि सार्न तथा बढ्दाे सहभागी संख्यालाई समेट्न मेडिकल कलेजका हलहरुमा आयाेजना गर्न सुझाव दिएका थिए ।
View : 65
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved