बिराटनगर: कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। हालैको तिहार विदाको समयमा उनले गरेको निजि जापान भ्रमणमा उठेका प्रक्रियागत प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण गर्दै उनले उच्च नैतिकताको आधारमा राजीनामा दिने निर्णय गरेका हुन्।
मन्त्री अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामा पत्र बुझाउँदै, उठेका प्रश्नले पार्टी र सरकारप्रतिको जिम्मेवारीलाई असर नपरोस् भन्ने उद्देश्यले राजीनामा गरेको बताएका छन्। अधिकारीले भने, "एक जिम्मेवार जनप्रतिनिधि तथा मन्त्रीको हैसियतले उच्च नैतिकता पालन गर्दै यो निर्णय गरेको छु।"
उनको राजीनामालाई लिएर प्रदेश सरकार र पार्टीभित्र विभिन्न प्रतिक्रियाहरू आउन थालेका छन्।
View : 571
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved