वाटर एटीएम, सार्वजनिक शौचालय, पशु वधशाला निर्माण, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना तथा काठमाडौँलाई सांस्कृतिक सहर घोषणा गर्ने कार्यक्रमका लागि समेत बजेट प्रस्ताव गरेको छ।
राजस्व संकलनलाई प्रभावकारी बनाउन नयाँ करदाता पहिचान, करदाताको स्थलमै पुगेर सहजीकरण, कर छुट तथा जरिवाना मिनाहा कार्यक्रम ल्याइएको छ। असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने तथा बक्यौता कर चुक्ता गर्नेलाई जरिवाना मिनाहा गर्ने प्रस्ताव गरिएको छ।
आवासीय प्रयोजनका लागि बहालमा दिइएका घरजग्गाको वार्षिक आम्दानी २ लाख ४० हजार रुपैयाँभन्दा बढी हुने अवस्थामा लाग्ने बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गर्ने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित, सांस्कृतिक तथा जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्यसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
View : 23
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved