इलाम : इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन्। ३५ वर्षीय राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६ सय ३२ मत प्राप्त गरे।
यसैगरी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६० मत ल्याएका छन्।
इलाम-१ मा सुरु देखिनै चार दलबीच प्रतिस्पर्धा देखिएको थियो। अन्ततः कांग्रेसका राईले निकटतम प्रतिस्पर्धी लिम्बुलाई ९११ मतान्तरले पछि पार्दै जित हात पारेका हुन्।
View : 97
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved