Biratnagar, Morang, Nepal
राजनीति

बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन् : सांसद अन्सारी

-
अखवारका कुरा
९ जेठ २०८३, शनिवार

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा रास्वापाका नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकमा सामान्य विवाद मात्र भएको तर ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् ।
नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै अन्सारीले हिडिरहेको दृश्यलाई लखेटिएको भनेर केही मिडियाले अतिरञ्जित गरेको बताए ।
‘केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्ला अधिवेशनमा सुझाव संकलनका लागि आएका थियौं । कारवाहीमा परेका केही नेताहरुले सामान्य विवाद झिकेका हुन् । अहिले सबै समाधान भइसक्यो । नियोजित रुपमा केही पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजे । हिडिरहेको दृश्यलाई कैद गरेर लखेटिएको भनेर मिडियाबाजी मात्र भएको हो,’ उनले भने,‘सबै विवाद समाधान भइसक्यो र कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।’
खासगरी पार्टीबाट निष्कासित व्यक्तिहरूले होहल्ला गर्न खोजेको उनको भनाइ थियो । कार्यक्रममा सहभागी हुन काठमाडौंबाट पुगेका अतिथिलाई प्रहरीले नजिककै कोठमा बस्न भनेर लगेको दृश्य लखेटिएको नभएको उनले बताए ।
जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले विवाद झिकेका थिए ।
पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।
तर शनिबारको कार्यक्रममा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि कार्यकर्ताहरुले आक्रोश पोखेका थिए ।

View : 42

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved