Biratnagar, Morang, Nepal
खेलकुद

इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

-
अखवारका कुरा
२९ माघ २०८२, बिहिवार

Advertisement

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो ।

नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् । तीनै खेल नेपालले आफ्नो पक्षमा पारेको छ । समूह ‘सी’ मा रहेका दुवै टोली पहिलो जितको खोजिमा छन् । इटाली विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता, तेस्रोपटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको हार ब्यहोरेको थियो ।

नेपालले आजको खेलमा एक जना परिवर्तन गरेको छ । इंग्ल्यान्डविरुद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललितनारायण राजवंशीले मौका पाएका छन् । रोहितकुमार पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सनकुमार झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी आजको खेलमा छन् ।

View : 3

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved