लायन्सको सेवा
विराटनगर, असार १७ – लायन्स क्लब अफ विराटनगर एलिटले लायन्स क्लब अन्तर्राष्ट्रियको वर्ष २०२५/२६ को पहिलो तथा वार्षिक कार्यक्रमको रुपमा "३६५ डे फ्री डेन्टल चेकअप" सार्वजनिक गर्दै नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ।
कार्यक्रम नौलखा डेन्टल केयर, पानीटंकी चौक, विराटनगरको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लबका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि लायन्स गभर्नर बबरजङ्ग थापा रहनु भएको थियो भने पूर्व गभर्नर विकास अधिकारी, क्याबिनेट सचिव नेत्र चम्लागाईं, ट्रेजरर नागेश पोखरेल, रिजन चेयरपर्सन डा. सुनिल रेग्मी, चिफ अजय अधिकारी, जोन चेयरपर्सन शकुन्तला भट्टराई, क्लबका पूर्व अध्यक्ष अरुण खेतान, डा. मिनाक्षी बस्नेत, अनुराधा थापा, समाजसेवी सुरेश नौलखा तथा अन्य लायन्स सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै डा. दिपेन्द्र नौलखाले मुख तथा दन्त स्वास्थ्यसम्बन्धी समस्या र समाधानका उपायहरूबारे जानकारी दिनुभयो। उहाँले ३६५ दिन उपलब्ध हुने यो सेवा विराटनगरबासीका लागि एक उल्लेखनीय कदम हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा क्लबको नयाँ कार्यसमितिसमेत घोषणा गरिएको थियो। प्रथम उपाध्यक्षमा डा. शिखा रिजाल र कोषाध्यक्षमा डा. रोशना पौडेल निर्वाचित भएको जानकारी क्लबका सचिव कबिराज दाहालले दिनुभयो।
लायन्स क्लब अफ बिराटनगर एलिटले यो कार्यक्रममार्फत समाजमा स्वास्थ्य सचेतना फैलाउने र सेवाको पहुँच वृद्धि गर्ने लक्ष्य लिएको छ।
View : 476
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved