काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेर जलमग्न हुनुका साथै सडक समेत अवरुद्ध अवरुद्ध हुन पुगेको छ।
के कारणले पाइप लाइन फुटेको हो उक्त विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन ।
उनका अनुसार पाइप फुटेर क्षति हुनुको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।
माइतिघरमण्डला क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको स्थानीयको गुनासो छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भइ त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।
View : 118
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved