Biratnagar, Morang, Nepal
देश

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

-
अखवारका कुरा
१४ जेठ २०८३, बिहिवार

Advertisement

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र वृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ ।

इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले बताए । जैविक विविधता र दुर्लभ वन्यजन्तुको संरक्षणका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीको समेत सक्रिय एवं उल्लेखनीय सहभागिता रहेको थियो ।

गस्तीका क्रममा वन्यजन्तुको आवतजावत हुने मुख्य मार्ग तथा झाडीहरूमा लुकाएर राखिएका फेला पारिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिए ।

बरामद गरिएका यी पासोहरू मुख्य गरी बहुमूल्य एवं संकटापन्न कस्तुरी मृगलाई पासोमा पारेर अवैध सिकार गर्ने नियतले सिकारीहरूले थापेका थिए । गस्ती टोलीले ती सबै अवैध पासोहरूलाई तत्कालै सङ्कलन गरी घटनास्थलमै पूर्ण रूपमा नष्ट गरेको छ ।

वन र वन्यजन्तुको रक्षाका लागि आगामी दिनमा गस्तीलाई अझ बढी प्रभावकारी बनाउने योजना बनाइएको छ। शङ्कास्पद वन क्षेत्रहरूमा यस्ता संयुक्त गस्ती कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ ।

सिकारी र तस्करहरूको गतिविधिमाथि कडा निगरानी राख्न घैतुङ जङ्गल तथा वरपरका क्षेत्रहरूमा आधुनिक जासुसी क्यामेरा (ट्रेपिङ क्यामेरा), स्पाई क्यामारा हरू जडान गर्ने तयारी भइरहेको संरक्षण सहायक दीपक ओलीले बताउनुभयो। यस प्रविधिको प्रयोगले अवैध गतिविधिमा संलग्नहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन ठुलो मद्दत पुग्ने विश्वास गरिएको छ ।

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved