Biratnagar, Morang, Nepal
देश

नेपाल–भारत सम्बन्ध ‘दुई दाजुभाइको नाभी जोडिएजस्तै’ : भारतीय पूर्वप्रहरी प्रमुख वैद

-
अखवारका कुरा
७ मंसिर २०८३, आइतवार

Advertisement

आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्यसहित दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ ।

 

हाल भारतले नेपालबाट वार्षिक करिब १ हजार २०० मेगावाट विद्युत् आयात गरिरहेको छ । भारतीय कम्पनीहरू नेपालका विभिन्न जलविद्युत् आयोजनाको विकासमा समेत संलग्न छन् । ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजना त्यसको प्रमुख उदाहरण हो ।

 

रेलमार्ग र डिजिटल कनेक्टिभिटीमा सहकार्य

 

नेपाल र भारतबीच सीमापार रेलमार्ग, पेट्रोलियम पाइपलाइन तथा एकीकृत जाँच चौकी निर्माणमार्फत व्यापार र नागरिक आवागमन सहज बनाउने काम भइरहेको छ । रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको सम्भावनाबारे पनि दुवै देशले छलफल गर्दै आएका छन् ।

 

यसैगरी, अयोध्या र जनकपुरधामलाई जोड्ने यात्रुवाहक रेल सेवा सञ्चालनले धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतले नेपालका ७४ जिल्लामा ६०० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग गरेको छ । सडक, रेलमार्ग, जलविद्युत् र प्रसारण पूर्वाधार विकासमा समेत भारतको सहयोग रहेको छ ।

 

गत अगस्ट २०२६ मा नेपालमा आएको बाढीपछि भारतले करिब १४० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराउनुका साथै प्राविधिक सहयोगसमेत गरेको थियो ।

 

दुई देशबीच डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई), स्टार्टअप, शिक्षा र खेलकुद क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ । भारतको यूपीआई र नेपालको फोनपेको अन्तरआबद्धताले सीमापार डिजिटल भुक्तानी सहज बनाएको छ ।

 

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सम्पन्न केही परियोजनाको भर्चुअल उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । साथै, विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्र तथा अन्य दस्तावेज आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

View : 229

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved