काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।
आज सुनको मूल्य एकैचोटी ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । 
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर ३२ सय ४० रुपैयाँ कारोवार भैइरहेको छ । महासंघका अनुसार मंगलबार चाँदी  तोलामा ३३ सय २५ रुपैयाँमा कारोवार भएको थियो ।  
View : 68
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved