Biratnagar, Morang, Nepal
देश

प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची

-
अखवारका कुरा
१९ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा सभामुख डोलप्रसाद डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु कार्यसूची रहेको छ ।

यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।

View : 28

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved