विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ९ शैयाबाट क्षमता वृद्धि गरी थप १६ शैयाको सुविधा सम्पन्न सि.सि.यु (CCU) सञ्चालनमा आएको छ।
हस्पिटलको दोस्रो तल्लामा स्थापना गरिएको सि.सि.यु (CCU) मा ४ वटा क्याबिनसहित १६ शैया थप गरिएको छ। हस्पिटलका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डा.प्रशान्त साह र मुटु रोग विशेषज्ञ डा.माधव विष्टले रिबन काटेर सि.सि.यु (CCU) को उद्घाटन गर्नुभएको थियो। पहिला ९ शैया र अहिले क्याबिनसहित १६ शैया गरि जम्मा २५ शैया सि.सि.यु (CCU) बाट मुटु रोगका बिरामीहरुले उपचार सेवा पाउनेछन। यो सेवाले पूर्वी नेपालका मुटु रोगका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ। विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल मुटुको बिरामीको लागि भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । हरेक दिन १४० जना भन्दा बढी बिरामीले आफ्नो मुटुको चेकजाँच गर्न आउने गरेका छन ।
हस्पिटलको मुटु रोग विभागको क्याथ ल्याबमा एक महिनामा करिब १५० जनाभन्दा बढी बिरामीले विशेष उपचार लिने गरेका छन। यहाँ कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पिटिएमसी लगायत उपचार सेवा प्रदान हुने गरेको छ ।
मुटु रोगका बिरामीका लागि अस्पतालमा धेरै सेवा सुविधाहरु उपलब्ध रहेको छ । स्वास्थ्य बिमा, विपन्न नागरिक औषधि उपचार कोष, जेष्ठ नागरिक,भूतपूर्व सैनिक र सामाजिक सुरक्षा कोष जस्ता विभिन्न माध्यमबाट सजिलै उपचार सुविधा लिन सकिने अस्पतालले जनाएको छ । मुटु रोग सम्बन्धि सम्पुर्ण जानकारी तथा उपचारका लागि मुटु रोग विभागको हेल्पलाईन नम्बर ९७६१०२४७७० सम्पर्क गर्न सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
View : 69
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved