Biratnagar, Morang, Nepal
+977-9708590006
स्थानीय तह

इटहरीमा नगर बस संचालनमा

२ असोज २०८१, बुधवार

Advertisement

इटहरी । इटहरी उपमहानगरपालिकाले आजबाट चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । इटहरीका चार वटै क्षेत्रलाई समेटेर नगर बस सञ्चालनमा ल्याइएको हो । 

नगरबस सञ्चालनमा आएसँगै नगरबासीले सहुलियत भाडादरमा नगरक्षेत्रभित्र यात्रा गर्न पाउने भएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसको उद्घाटन गर्दै चारवटै क्षेत्रलाई समेटेर रुट तयार पारिएको जानकारी दिए । 

बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित बस सञ्चालन हुनेछन् । तत्कालका लागि २० रुपैयाँ भाडादर तोकिएको छ । 

गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले नगरबस खरिद गरेको थियो ।

View : 219

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved