Biratnagar, Morang, Nepal
राजनीति

संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौँः सभापति दाहाल

-
अखवारका कुरा
२८ माघ २०८२, बुधवार

Advertisement

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दहालले छ वर्षे पदावधि पूरा गर्ने क्रममा आत्मसमिक्षा गर्दै बुधबार राष्ट्रिय सभाको बैठकमा आफ्ना अनुभव सुनाएकी छन् ।

बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको नाममा राष्ट्रले धनजनको क्षति व्यहोर्नुपरेको अवस्थाले आफूलाई दुःखी बनाएको बताइन् । जनतासामु गरिएका कतिपय प्रतिबद्धता र संकल्पहरू पूरा गर्न नसकिएको स्वीकार गर्दै उनले संविधानले राष्ट्रिय सभाका केही अधिकार सीमित गरेको उल्लेख गरिन् । सदस्यहरूबीच समानताको अभाव र सरकारको दृष्टिकोणमा पनि समस्या देखिएको उनको भनाइ थियो ।

दहालले संघीय संसद्का दुवै सभाको भूमिका उत्तिकै महत्वपूर्ण भए पनि त्यसबारे बुझाइ र कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गरिन् ।
उनले भनिन, “नयाँ पुस्ताको नाममा राष्ट्रले धनजनको क्षति व्यहोर्नुपरेको अवस्थाले मन अमिलो बनाएको छ । जनतामाझ गरिएका कतिपय प्रतिबद्धता र संकल्पहरू पूरा गर्न सकिएनन्। संविधानले नै केही अधिकार कटौती गरेको छ भने सदस्यहरूबीच पनि समानता थिएन ।

सरकारको हेर्ने दृष्टिकोणमा पनि समस्या देखियो। संघीय संसदका दुई सभाको उत्तिकै महत्व छ भन्ने बुझाइ र कार्यान्वयनमा समस्या देखियो ।” सभापति दहालले आफ्नो कार्यकालमा धेरै ज्ञान र सीप हासिल गरेको उल्लेख गर्दै आफ्नो चेतना, योग्यता र सामथ्र्यअनुसार जिम्मेवारी निर्वाह गरेको अनुभूति व्यक्त गरिन् । यद्यपि, अन्तर्राष्ट्रिय अनुभवलाई अपेक्षित रूपमा समेट्न नसकिएको उनले स्वीकार गरिन् ।

View : 36

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved