बिराटनगर नर्सिङ क्याम्पसमा नेपाल बिद्यार्थी संघको इकाइ समितिको पुनर्गठन गरिएको छ ।
नर्सिङ क्याम्पसमा अध्ययनरत सुजिता खत्रीको नेतृत्वमा ३१ सद्स्य समिती पुनर्गठन गरिएको छ ।
नेपाल बिद्यार्थी संघले विद्यार्थीको हकहित र बिद्यार्थीका क्षमता अभिवृद्धिका लागि कार्य गर्ने पुनर्गठित समितिका सभापति सुजिता खत्रीले जानकारी दिइन ।
नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको अगुवाइमा उक्त पुनर्गठन गरिएको र सम्पुर्ण मोरङ जिल्ला भर नेपाल बिद्यार्थी संघको पुनर्गठन तथा क्षमता अभिबृद्धी कार्यक्रम तीब्र गतिमा अघि बढाइ संघलाई थप बलियो बनाउने अभियान सुरु गरिएको नेपाल बिद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले जानकारी दिए ।
View : 1543
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved