मङ्गलवार बिहान विराटनगर महानगरपालिका-७, सात घुम्ती नजिक रहेको एक प्लाष्टिक उद्योगमा ठूलो आगलागी भएको छ। बिहानै लागेको आगो छोटो समयमा दन्किँदै गएपछि नियन्त्रणमा लिन कठिनाइ भएको प्रहरीले जनाएको छ।
उद्योगभित्र तीव्ररूपमा फैलिएको आगो निभाउन विराटनगर महानगरपालिकाको दमकलसँगै सुनसरीका स्थानीय तहबाट पनि अतिरिक्त दमकल बोलाइएको मोरङ प्रहरीले जानकारी दिएको छ। आगो नियन्त्रणका प्रयास समन्वयका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी अनमोल खड्का नेतृत्वको टोली परिचालित छ।
प्रहरी, स्थानीयवासी र दमकलकर्मीको संयुक्त प्रयास जारी रहेको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन। प्रहरीले आगो अझै नियन्त्रणबाहिर रहेको र जोखिम उच्च रहेको जनाएको छ।
आगलागी भएको ठाउँ वरपर घना बस्ती रहेका कारण छिमेकी घरपरिवार तत्कालै जोखिममा परेका छन्। आगलागीको कारण खुल्न बाँकी रहेको र विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
View : 43
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved