काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् ।
आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।
‘पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ,’ उनले भने, ‘त्यसै गरिकन ३५ वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट ३ जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी, अहिले जो हामी पहिला २५ भन्छौँ । हामीले अहिले थपेर ३१ बनाएका छौँ र त्यहाँ ३ जना साथीहरू ३५ वर्षभन्दा मुनिको आउनुहुन्छ ।’
उनका अनुसार पार्टीले महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पु¥याएको छ । जसमा युवा प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ । उनले केन्द्रीय समितिमा पनि नयाँ पुस्ताका नेताहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा नयाँ साथीहरूलाई पनि ल्याउनुपर्ने र पुरानो साथीहरूको सम्मान पनि सँगसँगै गर्नुपर्ने छ । हामी ४ पुस्ताका मानिसहरू एकै पटक यो पार्टीमा क्रियाशील छौँ ।’
कांग्रेसमा अहिले चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय रहेको बताउदै उनले सबै पुस्तालाई जोड्ने साझा राजनीतिक शक्ति बन्नुपर्ने बताए ।
कांग्रेसले देशभरका सबै जातजाति, भाषा र समुदायलाई जोड्दै आएको उल्ल्ेख गरे । उनले अब सबै पुस्तालाई पनि एकै सूत्रमा बाँध्ने पार्टीका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस आफैँ एउटा राष्ट्रिय शक्ति पनि भएको हुनाले गर्दा जसरी हामी सबै जातजाति, भाषाभाषी नेपाल भरिको सबैलाई जोड्ने सबैभन्दा ठूलो शक्ति कुन छ यो भनेर भन्यौँ भने हामी कांग्रेस हो भनेको जस्तै, सबै पुस्ताको मान्छेलाई जोड्ने शक्ति पनि नेपाली कांग्रेस बन्नुपर्छ ।’
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved