Biratnagar, Morang, Nepal
+977-9708590006
अर्थ

कोशी प्रदेश लगानी सम्मेलन

कोशी प्रदेशको लगानी सम्मेलन बैशाख १८ र १९ गते हुने

माघमा हुने भनिएको सम्मेलन तयारी नपुगेका कारणले बैशाखमा हुने गरि सारिएको छ ।
-
अखवारका कुरा
२५ पुष २०८१, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।

आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए । 

भण्डारीका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन र खरिद प्रक्रिया मार्फत काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । 

उनले कतिपय कानुन र नीति संशोधनका लागि केन्द्रीय सरकार कोसमेत सहयोग चाहीने भएकाले सम्मेलन सार्नुपरेको बताए । 

कोशी प्रदेश सरकारले करिब १ खर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेट मार्फत लगानी सम्मेलन गर्ने गरी तयारी गरेर सरकारले काम गरिरहेको छ । लगानी सम्मेलनका लागि विभिन्न समितिहरू र सचिवालय गठन भइसकेको छ ।

अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हद सम्म पुरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताए ।

भण्डारीले प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्ने गरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र आजको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा छ वटा विधेयक पुग्ने जानकारी दिए ।

 

View : 32

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved