Biratnagar, Morang, Nepal
शिक्षा

विराटनगर-३ स्थित प्यारागन स्कुलमा यूकेजीको दिक्षान्त समारोह

-
अखवारका कुरा
७ वैशाख २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको प्यारागन स्कुलले यूकेजी तहका विद्यार्थीको दिक्षान्त समारोह आयोजना गरेको छ। नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको विद्यालयले प्रारम्भिक तह पार गरेका विद्यार्थीलाई औपचारिक रूपमा दिक्षान्त समारोहमा दिक्षित गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिएको हो।

समारोहमा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आफ्ना सन्तानको शैक्षिक प्रगति देखेर अभिभावकहरूले खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै प्रिन्सिपल कृष्ण सापकोटाले विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था गरिएको जानकारी दिए। उनले गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञानमा जोड दिँदै आगामी दिनमा अझ प्रभावकारी शिक्षण प्रणालीमार्फत विद्यार्थीको समग्र विकासमा केन्द्रित रहने बताए।

विद्यालयले भौतिक पूर्वाधार सुदृढीकरणमा विशेष ध्यान दिएको जनाएको छ। नयाँ व्यवस्थापनपछि शैक्षिक वातावरण सुधार, अनुशासन र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको विद्यालय प्रशासनले जनाएको छ।

आगामी दिनमा अझ राम्रो शैक्षिक उपलब्धि हासिल गर्ने विश्वासका साथ विद्यालयले आफ्ना गतिविधिलाई निरन्तर परिष्कृत गर्दै लैजाने जनाएको छ।

View : 107

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved