मोरङको रङ्गेली नगरपालिका–८ निवासी राईनले आफ्नो कार्यकालमा युवा सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, रक्तदान, मधुमेह नियन्त्रण तथा मानसिक स्वास्थ्यजस्ता सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। लायन्सको अन्तर्राष्ट्रिय मूल मन्त्र "We Serve" लाई व्यवहारमा उतार्दै समुदायको वास्तविक आवश्यकता पहिचान गरी सेवा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।
राईन लायन्स अभियानमा लामो समयदेखि सक्रिय छन्। क्लबको सचिव र प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका उनले संगठनभित्र हासिल गरेको अनुभवलाई नेतृत्वमा रूपान्तरण गर्दै क्लबलाई थप गतिशील, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन्।
व्यावसायिक रूपमा उनी विराटनगर भन्सारमा भन्सार जाँचपास व्यवसायमा आबद्ध छन्। उनी भन्सार एजेन्ट संघका सहसचिव तथा जेसिजका सक्रिय सदस्यसमेत हुन्। जनप्रशासन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका राईन विगत पाँच वर्षदेखि लोकसेवा तयारी कक्षाका प्रशिक्षक तथा सहजकर्ताका रूपमा पनि सक्रिय छन्। प्रारम्भिक चरणमा विराटनगरमा प्रत्यक्ष कक्षा सञ्चालन गरेका उनले हाल काठमाडौंका विभिन्न शैक्षिक संस्थासँग सहकार्य गर्दै अनलाइन माध्यमबाट लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेका छन्।
सामाजिक नेतृत्व, व्यावसायिक अनुभव र शैक्षिक क्षेत्रको सक्रियतालाई समेट्दै उनले लायन्स क्लबलाई समुदायसँग अझ निकट बनाउने, सेवा कार्यक्रमलाई प्रभावमुखी बनाउने तथा सदस्यहरूको सक्रिय सहभागितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य अघि सारेका छन्।
अध्यक्ष राईनले क्लबका सम्पूर्ण सदस्य, अग्रज लायन्स तथा शुभेच्छुकहरूको साथ, सहयोग र सुझावलाई आफ्नो कार्यकालको प्रमुख शक्ति मान्दै मानव सेवाको अभियानलाई अझ सशक्त, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।
View : 89
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved