लेखापढी एसोसिएसनमा चुनाव
विराटनगर, असोज ४ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति विराटनगरको नयाँ नेतृत्व चयन भएको छ। शुक्रवार सम्पन्न निर्वाचनमा कंचन न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको हो।
निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार न्यौपानेले २२० मत ल्याउँदै निकटतम प्रतिस्पर्धीलाई पराजित गर्नुभयो। उपाध्यक्षमा नारायण बहादुर खत्री १२८ मतसहित विजयी हुनुभयो भने सचिवमा तोयानाथ काफ्ले १७९ मत प्राप्त गर्न सफल हुनुभयो।
त्यसैगरी, सहसचिवमा अजय कुमार साह १९३ मत, कोषाध्यक्षमा हृदय कुमार राजबंशी १६१ मत र सह–कोषाध्यक्षमा हरेराम यादव १२२ मत ल्याउँदै निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
सदस्य पदमा आशनारायण चौधरी (२०२), रमेश कुमार यादव (१९५), निरज कुमार यादव (१९२), सन्तोष कुमार पुरे (१८५), जानकी कुमारी माझि (१७४), बेदनाथ निरौला (२६०) र मनोज कुमार थापा (१५०) विजयी हुनुभएको छ।
नव–निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै विभिन्न निकाय, संघ–संस्था र शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। समितिले अबको कार्यकालमा सदस्यहरूको हकहित र पेशागत सुदृढीकरणका लागि प्रभावकारी कार्यक्रम अघि सार्ने प्रतिबद्धता जनाएको छ।
View : 379
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved