Biratnagar, Morang, Nepal
स्वास्थ

एचपीभी खोप अभियानको दोस्रो दिन दरबार हाई स्कुलका बालिकाहरूलाई लगाइयो खोप

-
अखवारका कुरा
२८ माघ २०८२, बुधवार

Advertisement

काठमाडौं । दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो ।
हिजो मंगलबारदेखि काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई (एचपीभी) विरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो ।
मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरेको थियो । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारणले हुन्छ । एचपीभीका २०० भन्दा बढी किसिमका प्रजाति छन् ।
चिकित्सकका अनुसार यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको पाइएको छ ।
समय समयमा स्क्रिनिङ परीक्षण गर्ने र १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउने गर्दा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ ।

View : 39

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved