Biratnagar, Morang, Nepal
राजनीति

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : उम्मेदवार दाहाल

-
अखवारका कुरा
२८ माघ २०८२, बुधवार

Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालले देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गर्दै उनले देशव्यापी रुपमा शासकिय क्षमता, निर्णय र नेतृत्व क्षमतामा कमजोरी भएको भन्दै यसलाई छलफल र विकास गर्नुपर्ने बताए ।
उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुक जलेर खरानी भएको छ । नवनिर्माण गर्नुपर्ने छ, पुन निर्माण गर्नुपर्ने छ । २७ खर्ब सार्वजनिक ऋण छ, हाम्रो राजस्व पनि धेरै उठेको छैन् । हाम्रो वास्तविकता यही हो । आर्थिक अवस्था कमजोर छ, शासकिय क्षमता कमजोर छ, हाम्रो समस्या शासकिय क्षमतामा छ । निर्णय र नेतृत्व क्षमतामा कमजोर छ देशव्यापी रुपमा यसलाई हामीले विकास गर्नुपर्छ । यसमा छलफल गर्नुपर्छ ।’
नेपाली जनता धेरै विकसित देशहरु पुगेको हुनाले जनताको अपेक्षा पनि त्यही हिसाबको भएपनि नेपालको वस्तुगत धरातल एकदमै उल्टो भएको पनि उनको भनाई छ ।
साथै, उनले जेनजी विद्रोहपछि पुराना पार्टीप्रति आवेग बनेको र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने परेको भन्दै यसलाई सम्बोधन गर्न समस्या पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘जनतामा पुराना पार्टीप्रति रिस र आवेग जेनजी विद्रोहपछि झन् बढेको छ र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने छ तर मुलुक बनाउन सजिलो छैन् । सजिलो छैन् भन्दैमा सम्भव नै छैन भन्ने होईन् । हामीले कहाँ कहाँ समस्या छ पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्छ ।’

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved