उनले ब्राण्डिङका क्षेत्रमा सरकारले सहजीकरण गर्न आफू तयार रहेको बताए।
‘सरकारको एउटा प्रतिनिधिको रूपमा यो विषयमा छलफल हुँदाखेरि यसमा मैले मेरो तर्फबाट के फेसिलिटेट गर्नुपर्छ र कसरी चाहिँ कन्ट्रिब्युसन गर्न सकिन्छ भन्ने बारेमा यहाँहरूलाई त्यस्तो अप्ठ्यारो पर्दाखेरि म व्यक्तिगत रूपमा पनि सरकारको प्रतिनिधिको रूपमा पनि सहयोग गर्न तयार छु,’ उनले भने।
मन्त्री तिमिल्सिनाले आगामी छ महिना, एक वर्ष वा दुई वर्षमा फेरि यस्तै अध्ययन हुँदा अहिलेको अवस्थाभन्दा प्रगति भएको देखिनुपर्ने बताए।
उनले उद्योग मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरेर ब्राण्डिङका क्षेत्रमा सरकारले खोल्न सक्ने बाटो पहिचान गर्नुपर्ने बताए।
मन्त्री तिमिल्सिनाले व्यक्ति र संस्थाको समेत ब्राण्ड हुने भन्दै नेपाली व्यवसायी तथा उद्यमीले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्ने बताए।
नेपालीपन र मौलिक पहिचान बोकेका ब्राण्ड निर्माण गर्न सके त्यसले देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउने उनको भनाइ छ।
‘नियमित रूपमा सस्टेन्ड वेमा चाहिँ ब्राण्डिङलाई चाहिँ आधार बनाएर जुन कुरा हाम्रो आफ्नो ब्राण्डिङ जस्तो होस्, नेपालीपन बोकेको होस् र त्यो कुरा अन्त नहोस्। त्यो आइडेन्टिटी बनाउँदै गयौं भनेदेखि चाहिँ मेरो हिसाबमा देश सानो भए पनि, पपुलेसन थोरै अथवा धेरै जति भए पनि यो संसार चाहिँ निकट निकट आइरहेको र भर्चुअल मार्केटको प्रयोग चाहिँ बढ्दै गइरहेको परिप्रेक्ष्यमा चाहिँ मेरो हिसाबमा अब होराइजोन वाइडर छ,’ उनले भने।
View : 2
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved