विराटनगर । नेकपा (एमाले) मोरङ क्षेत्र नं. ५ (ख) को प्रथम पूर्ण बैठक कार्तिक २६ गते होटल हयात रानीमा सम्पन्न भएको छ । पार्टी जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ५(ख) का संयोजक दिपक कुमार कर्णको अध्यक्षता र पार्टी केन्द्रीय कमिटी सदस्य एवं मोरङ क्षेत्र नं. ५ इन्चार्ज रामलाल साहको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टी जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, जिल्ला उपाध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य तीर्थराज घिमिरे, महानगर कमिटी सचिव विज्ञान चापागाईं लगायत केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
बैठकमा वडा कमिटीका नेताहरू, जनप्रतिनिधिहरू, जनसंगठनका प्रमुखहरू लगायतका जिम्मेवार नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकले पार्टी केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटीको सर्कुलर बमोजिम आउँदो २०८२ कार्तिक २९ गते आयोजना हुने मोटरसाइकल र्यालीलाई भव्य रूपमा सफल बनाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।
View : 109
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved