विराटनगर । नेपाल बिजनेस कलेजको विविए सातौं सेमेस्टरका विद्यार्थीहरूले ‘इभेन्ट म्यानेजमेन्ट’ विषयअन्तर्गत व्यावहारिक अभ्यासका रूपमा विराटनगरमा भव्य सांगीतिक कार्यक्रम आयोजना गरेका छन्।
सातौं ब्याचका विद्यार्थीहरूले कक्षा कोर्समा सिकेका विषयलाई व्यवहारमा उतार्दै सामाजिक उद्देश्यसमेत जोडिएको कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा संकलित सहयोग रकम विराटेश्वर वृद्धाश्रमलाई प्रदान गरिने कलेजले जनाएको छ।
विद्यार्थीहरूको पूर्ण तयारीमा सम्पन्न कार्यक्रममा ‘मृत्युञ्जय’ ब्याण्ड, ‘जोसन एन्ड वेन्ड’ र ‘रक डेड्रस’ ब्याण्डले प्रस्तुति दिएका थिए। रंगीन प्रकाश, उच्च गुणस्तरीय ध्वनि प्रणाली र उत्साहजनक प्रस्तुति सहितको कार्यक्रममा ५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।
नेपाल बिजनेस कलेजले विद्यार्थीलाई पुस्तकमात्रमा सीमित नराखी व्यावहारिक सीप विकासका लागि यस्ता विविध कार्यक्रमहरू गर्दै आएको छ। उक्त कार्यक्रम विराटनगरको जैन भवनमा सम्पन्न भएको हो।
View : 155
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved