दुहबी, सुनसरी । विद्या संस्कार एकेडेमी, दुहबी–३, सुनसरीले विविध शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी कृष्ण जन्माष्टमी मनाएको छ।
विद्यार्थीलाई नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा, संस्कार तथा नैतिक मूल्य–मान्यतासँग परिचित गराउने उद्देश्यले विद्यालयले जन्माष्टमीलाई विशेष शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मनाएको हो।
कार्यक्रममा विद्यार्थीहरूले भगवान श्रीकृष्णको जन्मदेखि जीवनका विभिन्न महत्वपूर्ण घटनाक्रमलाई चित्रकला तथा प्रस्तुतीकरणमार्फत प्रस्तुत गरेका थिए। कृष्णसम्बन्धी चित्रकला, नृत्य, सांस्कृतिक प्रस्तुति तथा लाखे नाच लगायतका कार्यक्रम आयोजना गरिएको थियो।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved