Biratnagar, Morang, Nepal
मनोरंजन

‘नालापानी’ को विशेष प्रदर्शन

-
अखवारका कुरा
२४ साउन २०८२, शनिवार

Advertisement

काठमाडौं । नेपाल पुलिस क्लबको हलमा चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ । 

शुक्रबार सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उपस्थितिमा चलचित्र प्रदर्शनी गरिएको हो । 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’मा राष्ट्र प्रेम पाइने उल्लेख गरे । अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको बताए । 

यो चलचित्र ऐतिहासिक कथाबस्तुमा बनेको निर्देशन तथा निर्माता रिमेश अधिकारीले बताए । चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्र प्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्य दृश्य अभिव्यक्ति भएको निर्देशक अधिकारीको भनाइ छ ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पुजना प्रधान, सरिता राजोपाध्याय, गीता अधिकारी, महावीर विश्वकर्मा लगायतको अभिनय छ ।

View : 390

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved