उपचारलगायत आधारभूत आवश्यकता प्राप्त गरे–नगरेको सुनिश्चित गर्नुपर्ने जिसीको भनाइ छ।‘पहिले पुनस्र्थापनको, पुनर्वासको व्यवस्था पहिलो नम्बरमा छ। उपचारको पहिलो, अनि त्यसपछि गएर पुनर्वास। उहाँहरूलाई पुनर्वास कसरी गराउने?’ उनले भने।
संघले बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि तथा आफ्ना प्रतिनिधिमार्फत आवश्यक सहजीकरण गर्ने जनाएको छ। अध्यक्ष जिसीले संघ आर्थिक रूपमा तत्काल ठूलो राहत उपलब्ध गराउन सक्ने अवस्थामा नरहे पनि मानवीय सहयोग, समन्वय र सचेतनामार्फत प्रभावित परिवारलाई सहयोग गर्ने बताए।
बाढीका कारण मानसिक रूपमा प्रभावित भएका व्यक्ति तथा परिवारलाई सामाजिक मनोपरामर्श आवश्यक रहेको पनि उनले बताए। अहिले प्रभावितहरू विभिन्न ठाउँमा विस्थापित भएकाले सामूहिक रूपमा भन्दा व्यक्ति तथा परिवारको अवस्थाअनुसार मनोपरामर्श उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
‘मान्छे आतंकित भाको छ, सन्त्रास भाको छ, मानसिक रूपमा विक्षिप्त भाको छ। यो विक्षिप्त भएकोलाई अलि राहत दिलाउने काम गरौँ,’ उनले भने।
संघले बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले गरेको घोषणाको स्वागतसमेत गरेको छ। बाढीका कारण बाबुआमा गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययन तथा आवासको व्यवस्था गर्ने प्रदेश सरकारको घोषणालाई सकारात्मक कदमका रूपमा लिएको जिसीले बताए।
उनले सरकारका सकारात्मक कामको प्रशंसा गर्दै कमजोरी भए त्यसतर्फ खबरदारी गर्नुपर्ने बताए।
‘हामीले गरेका कामलाई सराहना पनि गरौँ, कमजोरीलाई औँल्याऊँ, खबरदारी पनि गरौँ र गर्ने कामलाई सराहना पनि गरौँ,’ उनले भने।
संघले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययनसमेत गरेको जनाएको छ। संघका प्रतिनिधिहरूले स्थानीय जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका व्यक्तिहरूसँग समन्वय गरी त्यहाँको शैक्षिक तथा मानवीय अवस्थाबारे जानकारी संकलन गरेका थिए।
अध्यक्ष जिसीले विपत्तिको समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै पक्ष प्रभावित परिवारको सहयोगमा जुट्नुपर्ने बताए।
उनले भने, ‘यस्तो आहातमा सबै एक, सबै नेपाली एक हुनुपर्ने अवस्था हुन्छ। हामीले यो वा त्यो नाममा कुनै पनि केही गर्दैनौँ। सबै हामीलाई दुःखमा साथ दिने, दुःखमा सहयोगी साथी हामी बन्छौँ।’
संघले आगामी दिनमा स्थानीय तह, जनप्रतिनिधि, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै प्रभावित परिवारको पुनस्र्थापना, बालबालिकाको अभिभावकत्व र शिक्षा निरन्तरताका लागि पहल गर्ने जनाएको छ।
View : 21
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved