गीतको मूल भाव नै आधुनिक समाजमा पैसाको महत्त्व, यसले सम्बन्धहरूमा पार्ने प्रभाव र मानवीय उतारचढाव वरिपरि केन्द्रित छ । र्यापर रविस्थाले आफ्ना धारिला शब्दहरूमा भौतिकवादी सोच, युवाहरूको संघर्ष र पैसाले समाजमा निर्धारण गर्ने प्रतिष्ठाको यथार्थलाई प्रस्तुत गरेका छन् । रविस्थाको यही सन्देशमूलक र आक्रामक र्यापको भावलाई निर्देशक श्रेष्ठले दृश्य भाषामा उतारेका हुन् ।
‘पैसा’ को कथा तथा पटकथा स्वयम् निर्देशक श्रेष्ठले लेखेका हुन् । चलचित्रको प्राविधिक अनुभवलाई उपयोग गर्दै उनले भिडियोलाई परम्परागत नाँचगानभन्दा पर राखेर पूर्ण कथानक (स्टोरी-बेस्ड) ढाँचामा ढालेका छन् । "गीतका शब्दहरूले पैसाको वरिपरि घुम्ने मानवीय मनोविज्ञान बोलेका छन्, त्यसैले हामीले भिडियोलाई केवल दृश्यको रमाइलोमा सीमित नगरी कथाकै रूपमा प्रस्तुत गरेका हौँ," श्रेष्ठले भने ।
आसुशेन फिल्म्सको ब्यानरमा निर्देशक सन्तोष सेनसँग लामो समय सहकार्य गरेका श्रेष्ठले हालसम्म दर्जनभन्दा बढी फिल्मको व्यवस्थापन सम्हालिसकेका छन् । पूर्वमा चलचित्रको बजार तथा प्रोडक्सनमा छुट्टै पहिचान बनाएका उनको यो पहिलो सिर्जनात्मक डेब्यु हो ।
हाइफाइभ मिडिया प्रोडक्सनको प्रस्तुति रहेको भिडियोको मुख्य भूमिकामा बिकास श्रेष्ठ फिचर्ड छन् । उनीसँगै रोशन मण्डल, रचना श्रेष्ठ, आशिका कार्की, अनुराग निरौला, होम पी. भट्टराई र बिनोद श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
राहुल राईको निर्माण तथा रोशन मण्डल कार्यकारी निर्माता रहेको यस भिडियोलाई सुमन तामाङले खिचेका हुन् भने हेमन तामाङको सम्पादन र रचना श्रेष्ठको मेकअप रहेको छ ।
View : 3080
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved