काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(बुधबार)का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो २०रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो रु ३२ रुपैयाँ, आलु रातो (मुढे) प्रतिकिलो ३५ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रुपैयाँ रहेको छ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६०रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो रु ५० रुपैयाँ,बोडी (तने) प्रतिकिलो ३० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ, मटरकोसा प्रतिकिलो २०० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १२० रुपैयाँ, तीते करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ५० रुपैयाँ , परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ५० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो ३५ रुपैयाँ, सखरखण्ड प्रतिकिलो रु ७० रुपैयाँ र पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।
यस्तै,रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो प्रतिकिलो ९० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २३०रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, राजा च्याउ प्रतिकिलो रु ३५० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै,कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, न्युरो प्रतिकेजी ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, चुकन्दर प्रतिकेजी ६० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो १३० रुपैयाँ, पार्सले प्रतिकिलो २२० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो १२० रुपैयाँ , इमली प्रतिकिलो २०० रुपैयाँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १६० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।
फलफूल तर्फ स्याउ (फुजी) प्रतिकिलो ३००रुपैयाँ, केरा (नेपाली) दर्जन २०० रुपैयाँ, केरा (मालभोग) २२० रुपैयाँ , कागती प्रतिकिलो १७० रुपैयाँ, अनार प्रतिकिलो ४२० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो ७० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ५० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिकिलो २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६० रुपैयाँ, रुखकटहर प्रतिकिलो ५० रुपैयाँ,मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, लिची (लोकल) २५० रुपैयाँ, लिची (भारतीय) ३०० रुपैयाँ निर्धारण गरिएको छ।
View : 13
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved