Biratnagar, Morang, Nepal
+977-9708590006
राजनीति

छुटे रवि

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
-
अखवारका कुरा
२५ पुष २०८१, बिहिवार

Advertisement

पोखरा : सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । 

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । 

बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।
 

View : 31

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved