Biratnagar, Morang, Nepal
देश

काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

-
अखवारका कुरा
३० असोज २०८३, शुक्रवार

Advertisement

पनि सञ्चालन गर्दै आएको छ । १०२ नम्बरमा फोन गरेर यो सेवा लिन सकिने व्यवस्था गरिएको छ । महानगरपालिकाले यो सेवा काठमाडौं महानगर क्षेत्रभित्र मात्र सीमित नराखी उपत्यकाका विभिन्न स्थानीय तहमा समेत विस्तार गरेको डंगोलले बताइन् ।

 

उनले बाढीका बेला समेत १०२ नम्बरको एम्बुलेन्स सेवामार्फत तत्काल उद्धार तथा स्वास्थ्य सेवाका लागि छिटो प्रतिक्रिया दिन सकिएको बताइन् ।

 

डंगोलका अनुसार काठमाडौंमा एम्बुलेन्सको संख्या कम भएर समस्या भएको होइन, समयमै बिरामीसम्म एम्बुलेन्स पुग्न नसक्नु मुख्य चुनौती हो । विशेषगरी काठमाडौंको अत्यधिक सवारी चाप र साँघुरा सडक तथा गल्लीका कारण कतिपय स्थानमा चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न कठिन हुने गरेको उनले बताइन् ।

 

उनले भनिन्, ‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन ।’

 

काठमाडौंको घना बस्ती, साँघुरा गल्ली तथा चारपाङ्ग्रे सवारीसाधन पुग्न नसक्ने स्थानलाई लक्षित गर्दै बाइक एम्बुलेन्स सेवा सुरु गरिएको उनले बताइन् ।

View : 7

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved