योग्य र अनुभवी नेताहरूको योगदान आवश्यक हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाउने उनले बताए ।
सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा परिवर्तन ल्याएको बताए ।
एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाबीच दूरी बढिरहेको उल्लेख गर्दै उनले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित गर्न सक्ने बताए ।
नेपाली कांग्रेसले विभिन्न पुस्तालाई जोड्ने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले यसपटक ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई सम्बोधन गर्न गरेको प्रयासका रूपमा व्याख्या गरे ।
View : 12
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved