Biratnagar, Morang, Nepal
अर्थ

नेपालमै पहिलो म्याट्रेस स्टुडियो

अब बेड र म्याट्रेस रोज्न सजिलो : विराटनगरको गोग्राह चोकमा खुल्यो फोर स्टार म्याट्रेस स्टुडियो

१० हजारदेखि दुई लाख रुपैयाँसम्मका विकल्प, बेड र म्याट्रेसका लागि एउटै गन्तव्य
-
अखवारका कुरा
२ कार्तिक २०८३, आइतवार

Advertisement

 

विराटनगर । नयाँ घरका लागि आकर्षक बेड खोज्दै हुनुहुन्छ? वा पुरानो म्याट्रेस फेरेर आफ्नो आरामलाई अझ विशेष बनाउने सोचमा हुनुहुन्छ? अब तपाईंको आवश्यकता र बजेटअनुसारका विभिन्न विकल्प विराटनगरमै उपलब्ध छन्। विराटनगर–३, गोग्राह चोकमा सञ्चालनमा आएको फोर स्टार म्याट्रेस स्टुडियोले बेड, म्याट्रेस तथा आरामका लागि आवश्यक उत्पादन एउटै छानामुनि ल्याएको छ।

दिनभरको व्यस्ततापछि आराम गर्ने ओछ्यानको छनोट पनि विशेष हुनुपर्छ भन्ने सोचसहित स्थापना गरिएको स्टुडियोमा ग्राहकले विभिन्न उत्पादन प्रत्यक्ष हेरेर आफ्नो रोजाइअनुसार छनोट गर्न सक्छन्। स्टुडियोमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड, म्याट्रेस तथा अन्य उत्पादन उपलब्ध रहेको सञ्चालक दिवश बजगाईंले जानकारी दिए।

आफ्नो बजेट, आफ्नै रोजाइ

बेड तथा म्याट्रेस खरिदका लागि फरक–फरक ठाउँ धाउनुपर्ने झन्झट घटाउँदै ग्राहकलाई एकै स्थानमा विभिन्न विकल्प उपलब्ध गराउनु स्टुडियोको मुख्य उद्देश्य रहेको बजगाईंले बताए। घरको सजावटसँग मेल खाने बेडदेखि व्यक्तिगत आवश्यकताअनुसारका म्याट्रेससम्म छनोट गर्न चाहने उपभोक्तालाई स्टुडियो उपयोगी गन्तव्य बन्ने उनको विश्वास छ।

करिब एक करोड रुपैयाँ लगानीमा स्थापना गरिएको स्टुडियो बेड तथा म्याट्रेसलाई केन्द्रमा राखेर सञ्चालन गरिएको नेपालकै पहिलो स्टुडियो भएको बजगाईंको दाबी छ। ग्राहकको मागसँगै उत्पादनका विकल्प र लगानी थप विस्तार गर्दै लैजाने उनले बताए।

एक दशकको अनुभव, विराटनगरमा नयाँ सेवा

सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो सेवा विस्तार गर्दै विराटनगरमा स्टुडियो स्थापना गरेको हो। कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले आराम गर्ने ओछ्यानलाई दैनिक जीवनको महत्त्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने बताए।

मानिसले आफ्नो समयको ठूलो हिस्सा आराममा बिताउने भएकाले बेड तथा म्याट्रेस छनोट गर्दा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। नेपाली ग्राहकलाई विभिन्न प्रकारका उत्पादन उपलब्ध गराउने उद्देश्यले कम्पनी अघि बढिरहेको बताउँदै उनले उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्थासमेत रहेको जानकारी दिए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन

स्टुडियोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशी उत्पादनको प्रयोग बढाउन आग्रह गरे। नेपाली उत्पादन रोज्दा स्थानीय उद्योगको विकाससँगै रोजगारी र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनले बताए।

विराटनगरमा फोर स्टारको स्टुडियो सञ्चालनमा आउनुले उपभोक्तालाई बेड तथा म्याट्रेस छनोटमा थप सहजता प्रदान गर्ने र स्वदेशी उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने उनको विश्वास थियो।

उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।

आफ्नो आरामका लागि एकपटक पुग्नैपर्ने गन्तव्य

नयाँ बेड खरिद गर्ने, म्याट्रेस परिवर्तन गर्ने वा उपलब्ध विकल्पबारे बुझ्न चाहने ग्राहकलाई गोग्राह चोकस्थित स्टुडियो अवलोकन गर्न सञ्चालकले आग्रह गरेका छन्। विराटनगरसहित आसपासका उपभोक्ताले अब आफ्नै नजिक विभिन्न उत्पादन हेरेर आवश्यकता र बजेटअनुसार छनोट गर्न सक्नेछन्।

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved