Biratnagar, Morang, Nepal
देश

आजको मौसम : यी प्रदेशमा वर्षा हुने सम्भावना

-
अखवारका कुरा
२७ जेठ २०८३, बुधवार

Advertisement

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मूख्यतया सफा रहेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा कर्णाली प्रदेश लगायत सबै प्रदेशका हिमाली भूभाग साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved