Biratnagar, Morang, Nepal
गरिखानेका कथा

कोशी प्रदेशको हरेक महोत्सवमा पुग्छिन किवीबाट बनेको परिकार लिएर पाँचथरकीे जुनुकुमारी लावती

-
अखवारका कुरा
२७ असोज २०८३, मङ्गलवार

Advertisement

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावतीले विराटनगरमा जारी सडक महोत्सव र विराट ट्रेड फेयरमा किवीबाट बनेको जुसलगायतले पर्दशन गरेकी छिन् ।

लावतीको सनम फलफुल प्रशोधन उधोगले विराटनगरको हिमालय रोड जारी सडक महोत्सव र जैन भवनमा जारी विराट ट्रेड फेयरमा किवीबाट बनेको जुसलगायतले एक्पोमा पर्दशन गरेकी हुन् । उनले किवीबाट जुस, जाम, मिक्स अचार, रक्सी र स्कवासलगायतका धेरै परिकारहरु किवीबाट उत्पादन गरि पर्दशनमा राखेकी छिन् । मैले कोशी प्रदेशमा लागेको हरेक महोत्सव तथा एक्पोमा स्थानियले उत्पादन गरेको किवीबाट आफै विभिन्न उत्पादन गरेर यस्तै पर्दशनमा राख्ने गरेको बताइन् ।

लावतीलाई सडक महोत्सवमा श्रीमान बालिन्द्रकुमार रार्ई, छोरा सनम राई र भदा प्रवेश लावती र विराट ट्रेड फेयरमा भान्जा सुदिप राई र भदा सन्जोग राई साथ दिएका छन् । उलने हरेक महोत्सवबाट १ देखि २ लाख आम्दानी हुने बताएन् । महोत्सवको आम्दानीले उनले ८ जनाको परिवार पाल्ने गरेको सुनाइन् ।

लावतीले किवी फल उत्पादन गर्ने सिंचाइको लागि जमाइएको पानीमा माछा खेती गर्ने गरेको लावतीले बताइन् । साथमा चिया खेती समेत गर्ने गरेको सुनाइन् ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved