Biratnagar, Morang, Nepal
देश

राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने

-
अखवारका कुरा
२ कार्तिक २०८३, आइतवार

Advertisement

जनकपुर । दशैंको आज आठौं दिन शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । 

 

यसै क्रममा जनकपुरधामस्थित राजदेवी मन्दिरमा हिजो राती १२ बजेदेखि नै प्रसाद चढाउने र खोँइच भर्ने महिलाहरुको भीड थामिनसक्नु छ । 

 

अन्य वर्षको तुलनामा यस वर्ष तिथीको हेरफेरका कारण दुई दिन प्रसाद चढाउने र खोइँच भराई कार्यक्रम भएको छ ।

 

यस अघिका वर्षहरुमा हजारौं श्रद्धालुभक्तजनले प्रसादी (लड्डु) चढाउने गरेकोमा यस वर्ष यो संख्या लाखभन्दा बढी पुगेको मन्दिरका व्यवस्थापन गर्ने श्री महावीर युवा कमिटिले जानकरी दिएको छ । 

 

कमिटिका पूर्वअध्यक्ष रोशन जयसवालका अनुसार दिउँसो २ बजेपछि प्रसाद चढाउने कार्यक्रम बन्द भई मन्दिरको सरसफाई सुरु हुनेछ । आजै बेलुका कालरात्री पूजा, निस्सा पूजा र ठेहा पुजा भई करिब ८ बजेदेखि बोकाबलि प्रदान सुरु हुने पूर्वअध्यक्ष जयसवालले बताए । 

 

उनका अनुसार अहिलेसम्म करिब ८ हजार भन्दा बढी बोकाबलीको रसिद विक्री भइसकेको छ भने रसिद काट्ने कार्य जारी छ । उनका अनुसार अनुमानित १० हजारभन्दा बढी बोकाबली प्रदान यस वर्ष हुनेछ ।

View : 16

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved