2026-09-13 17:37:00
काठमाडौँ : भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार साँझ उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । उनलाई ‘ग्रामर गुरु’ भनेर समेत चिनिने गरिन्थ्यो । अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved