Biratnagar, Morang, Nepal
देश
विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी
३ वैशाख २०८३, बिहिवार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गरेका छन् । विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटर ३२ बुँदे निर्देशन जारी भएको छ । मन्त्रालयले सबै कार्य योजनाहरू तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकेको छ । साथै नियमितरूपमा सघन अनुगमनसमेत हुनेछ । ‘लामो गृहकार्य, सरोकार पक्षहरूसँगको घनिभूत छलफलपछि जलस्रोत तथा ऊर्जा क्षे...

मनोरंजन
१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शककाे सकारात्मक प्रतिक्रिया
अखवारका कुरा २ वैशाख २०८३, बुधवार

काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले प्रदर्शनको पहिलो दिन काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए । उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खो...

सामाजिक सेवा
लायन्स नेतृत्वमा उदाएका उदय नारायण बराल
अखवारका कुरा २८ चैत २०८२, शनिवार

विराटनगर- पूर्वी नेपालमा लायन्स आन्दोलनलाई संस्थागत रूपमा बलियो बनाउँदै आएका लायन उदय नारायण बराल (MJF) पछिल्लो दशकमा निरन्तर सक्रिय र प्रभावशाली नेतृत्वका रूपमा उदाएका छन्। धनकुटामा जन्मिएका बरालले विराटनगरलाई कर्मथलो बनाएर सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन्। सन् २०१४/१५ मा Lions Club of Biratnagar Gurans बाट सदस्यता लिँदै लायन्स यात्रामा प्रवेश गरेका उनले छोटो समयमै क्लबभित्र नेतृत्वदायी भूमिका सम्हाले। सन् २०१७/१८ मा क्लब अध्यक्ष बनेका बरालले त्यसयता प्रमुख सल्लाहकार र LEO क्लब सल्लाहकारका रूपमा निरन्तर मार्गदर्शन गरिरहेका छन्। जिल्ला तहमा पनि उनको सक्रियत...

स्थानीय तह
धिमाल समुदायको मौलिक पर्व ‘जात्री’ आजबाट सुरु
२ वैशाख २०८३, बुधवार

  मोरङ । कोशी प्रदेशमा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । धिमाल समुदायले वैशाख २ गतेदेखि असार २ गतेसम्म जात्री पर्व मनाउँछन् । नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर यो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोल टोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । प...

प्रदेश
अर्थ
संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले
३ वैशाख २०८३, बिहिवार

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् । उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए । उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार...

खेलकुद
पुलिसलाई हराउँदै झापा ११ फाइनलमा
अखवारका कुरा २ वैशाख २०८३, बुधवार

विराटनगर :  विराटनगरमा जारी ३८औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगितामा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ। बुधबार शहीद मैदानमा भएको पहिलो सेमिफाइनलमा झापाले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो। झापाको जितमा फागुराम थारूको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ मा आएको बललाई नियन्त्रण गर्दै गरेको शक्तिशाली प्रहार जालीमा परिणत भएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यससँगै झापाले एक दशकअघिको हारको बदला पनि लिएको छ। २०७२ सालको फाइनलमा यिनै दुई टोलीबीच भएको...

स्वास्थ
महत्वाकांक्षाको दबाबले युवामा आक्रोश र निराशा बढ्दै : मनोविद् ढकाल
अखवारका कुरा ३० चैत २०८२, सोमवार

काठमाडौं - पछिल्लो समय नेपालमा आपराधिक घटनाहरू बढ्दै जानुका पछाडि मानसिक स्वास्थ्य समस्या, सामाजिक दबाब र बढ्दो महत्वाकांक्षालाई प्रमुख कारणका रूपमा औंल्याइएको छ। मनोविद् गोपाल ढकालका अनुसार युवापुस्तामा बढ्दो निराशा, आक्रोश र कुन्ठाले हिंसात्मक प्रवृत्तिलाई समेत बढावा दिइरहेको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चिन्ता (एनजाइटी), डिप्रेसन, डर–त्रास, लागूपदार्थ दुव्र्यसन तथा जाँडरक्सीको कुलत व्यापक बन्दै गएको बताए। “सामाजिक सञ्जाल र अनलाइन गेमको लतले किशोर–किशोरीको मानसिक अवस्थालाई गम्भीर रूपमा प्रभावित पारेको छ,” उनले भने, “यसले उनीहरूमा आक्रामक सोचसमेत व...

शिक्षा
शिक्षाको समग्र सुधारका लागि विद्यार्थी परिषद्ले सरकारलाई बुझायो सुझाव पत्र
अखवारका कुरा ३ वैशाख २०८३, बिहिवार

काठमाडौं, वैशाख ३ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्याहरू समाधान गर्न “शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३” सरकारसमक्ष सुझावस्वरूप पेश गरेको छ ।  परिषद्का राष्टिय अध्यक्ष प्राध्यापक डाक्टर दयाराम भुसालको नेतृत्वमा गएको परिषद्को प्रतिनिधि टोलीले नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलसँग भेट गरी छलफलपश्चात सुझावपत्र बुझाएको हो ।  परिषद्ले शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको मुख्य आधार मान्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन स्पष्ट दृष्टिकोणसहित सुधारका योजना ल...

राजनीति

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved