2026-01-30 19:16:03
काठमाडौं — विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रिने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले भदौ ११ गतेदेखि सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, राजनीतिक दलका शीर्ष नेता तथा संसदीय समितिका सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने र दुई घण्टा धर्ना बस्ने जनाएको छ। भदौ १३ गते सबै पालिकामा र १५ गते सबै जिल्लामा ध्यानाकर्षणपत्र बुझाइनेछ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved